काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी लीपमोटरले आफ्नो लाइनअपकै सबैभन्दा सानो एसयूभी ‘ए-१०’ तयार पारेको छ । कम्पनीले आफ्नो सबैभन्दा सानो एसयूभी आगामी साताबाट सुरु हुने ग्वाङ्झाओ अटो शोमा देखाउने भएको हो ।
कम्पनीले आफ्नो नयाँ एसयूभी ए-१० को तस्बिर टिजर सार्वजनिक गर्दै नयाँ एसयूभी डेब्यू गर्न तयार पारेको संदेश दिएको छ । कम्पनीले देखाएको तस्बिर अनुसार छतमा लाइडार सेन्सर प्रयोग गरेको देखिन्छ ।
यसअघि लीपमोटरले सी-१० र बी-१० जस्ता कम्प्याक्ट एसयूभी नेपाली बजारमा ल्याइसकेको छ । अब आउने ए-१० सबैभन्दा सानो एसयूभी पनि आगामी वर्ष नेपाल आउने छ ।
ग्वाङ्झाओ अटो शो नोभेम्बर २१ देखि ३० गतेसम्म चल्नेछ । कम्पनीले अहिलेसम्म ए-१० एसयूभीको कुनै पनि टेक्नीकल डिटेल बाहिर ल्याएको छैन । सम्भवत यसको लम्बाइ ४.३ मिटर रहनेछ ।

