ट्रायम्फ नेपालको ‘लिगेसी राइड : घान्द्रुक एडिसन’ सम्पन्न

काठमाडौं । ट्रायम्फ नेपालले लिगेसी राइड मोटरसाइकल र्लीको चौथो संस्करण ‘ट्रायम्फ लिगेसी राइड : घान्द्रुक एडिसन’ सम्पन्न भएको छ ।

ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आयोजना गरेको राइड कात्तिक २६ गते सुरु भई २८ गते सम्पन्न भएको हो ।

उक्त राइडमा ३० जना ट्रायम्फ राइडरहरूले सहभागिता जनाएका थिए। बुटवलको कालिकानगर-१० स्थित ट्रायम्फ शोरूमबाट सुरू भएको राइड घान्द्रुक पुगेर सम्पन्न भएको थियो ।

आगामी दिनहरूमा यस्तै राइडहरू सञ्चालन गर्दै आन्तरिक पर्यटनको प्रवर्द्धन र मोटरसाइकल संस्कृतिको विकासमा योगदान पुर्याउने कम्पनीको योजना छ ।


Back_to_top