बुटवलमा खुल्यो प्रोटोनको शोरुम

बुटवल । बुटवलमा प्रोटोनको नयाँ शोरुम खुलेको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले बुटवलमा नयाँ थ्रीएस शोरुम संचलनमा ल्याएको हो ।

यो कम्पनीको तीव्र गतिमा भइरहेको देशव्यापी नेटवर्क विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि रहेको कम्पनीले जनाएको छ ।

नयाँ थ्रीएस शोरुममा विश्वस्तरीय सेवा, बिक्री सहयोग र ग्राहक सेवा सुनिश्चित गर्दै बुटवलका प्रोटन इमासका ग्राहकहरूले उच्चस्तरीय विद्युतीय सवारी अनुभव गर्न पाउनेछन् । यस शोरुमको व्यवस्थापन बलाजी ई अटोमोबाइल्सले गर्नेछ ।

शोरुम उद्घाटनको अवसरमा ग्राहकलाई एकैपटक १५ वटा प्रोटन इमास सेभेन हस्तान्तरण गरिएको छ । यसले सो क्षेत्रमा प्रोटोनप्रति ग्राहकहरूको बढ्दो विश्वास र उत्साहलाई स्पष्ट रूपमा देखाएको कम्पनीको भनाइ छ ।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले इमासको नेपालका हरेक परिवारको भरपर्दो र स्टाइलिश ईभी बनेको बताए ।

‘हाम्रो बुटवल शोरुमको उद्घाटनले प्रोटन इमासको नेपालका हरेक परिवारलाई उन्नत, भरपर्दो र स्टाइलिश विद्युतीय सवारीसाधन पहुँचयोग्य बनाउन गरेको प्रतिबद्धतालाई झल्काउँछ । हामीलाई बुटवलका मानिसहरूले हाम्रो सफा र स्मार्ट गतिशील भविष्यको दृष्टिकोणलाई अंगिकार गरेकोमा गर्व छ,’ उनले भने ।

यस विस्तारसँगै प्रोटन इमासले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ गर्दै लगेको छ । दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिमा आफ्नो मिशन अघि बढाइरहेको कम्पनीको भनाइ छ ।


Back_to_top