काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले युरोपमा तेस्रो एसेम्बली प्लाण्ट स्थापना गर्ने भएको छ ।
बीवाइडीले युरोपमा आफ्नो पहुँच बढाउन स्पेनमा प्लाण्ट स्थापना गर्ने योजना बनाइरहेको खबर सार्वजनिक भएको हो ।
रोेयटर्सका अनुसार बीवाइडीले युरोपमा तेस्रो प्लाण्ट स्थापना गर्न स्पेन रोजेको हो । यसअघि बीवाइडीले युरोपियन देशहरू हंगेरी र टर्कीमा एसेम्बली प्लाण्ट स्थापना गरिसकेको छ ।
बीवाइडीले स्पेनलाई आफ्नो उत्पादन हब बनाउने योजना बनाउनुमा अन्य युरोपियन देशहरूको तुलनामा न्यून उत्पादन लागत र क्लिन इनर्जी नेटवर्क रहेको छ ।
बीवाइडीले आगामी ३ वर्षमा युरोपमा बिक्री हुने सबै कारहरू त्यही बनाउने योजना बनाएको छ । युरोपियन युनियनले गत वर्षबाट बीवाइडीलाई थप ट्यारिफ लगाउने निर्णय गरेसँगै कम्पनीले स्थानीय स्तरमै उत्पादन गर्ने योजना बनाएको हो ।
बीवाइडीको हंगेरी प्लाण्ट निर्माणकै अवस्थामा रहेको छ भने टर्कीको प्लाण्टबाट यसै वर्ष भित्र उत्पादन सुरू हुनेछ ।
बीवाइडीको युरोपमा बिक्री सन् २०२४ को तुलनामा २८० प्रतिशतले बढेको छ । कम्पनीले युरोपीयन देशहरूमा प्योर इलेक्ट्रीकको साथै प्लगइन हाइब्रिड कारहरूको बिक्री गरिरहेको छ ।

