काठमाडौं । सीएफमोटो ३०० एनके किन्न अझै सहज हुने भएको छ ।
सीएफमोटोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी रिलायन्स ग्रुप कम्पनीले नयाँ मूल्य सार्वजनिक गर्नुका साथै ५० हजार रुपैयाँ बराबरको थप छुट दिने भएको हो ।
सीएफमोटोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले नेकेड स्ट्रीट फाइटर मोटरसाइकल ३०० एनकेको नयाँ मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ तोकेको हो ।
कम्पनीले नेपालीको महान चाड तिहार र छड लगायतका पर्वहरूलाई मध्य नजर गर्दै ग्राहकलाई थप ५० हजार बराबरको सुविधा दिने जनाएको छ ।
कम्पनीका अनुसार सीमित समयका लागि मात्र उपलब्ध हुनेछ । सीएफमोटो ३०० एनके फरक लुक्स भएको नेकेड स्ट्रीट फाइटर मोटरसाइकल रहेको छ ।
यो मोटरसाइकल पावरफुल २९२ सीसी सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ३० पीएस पावर र २५.३ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा डबल च्यानल एबीएसका साथै दुवै चक्कामा डिस्क ब्रेक उपलब्ध छ । यो मोटरसाइकल स्टील ट्रेलिस फ्रेममा तयार पारिएको छ भने, यसको फ्रन्टमा यूएसडी फर्क, ५ इन्च टीएफटी डिस्प्ले, स्लिपर क्लच पाउन सकिन्छ ।
इको र स्पोर्ट गरी दुई राइड मोड भएको यो मोटरसाइकलको टप स्पीड १३९ किलोमिटर प्रतिघण्टाको छ भने यसमा १२ लिटर क्षमाताको इन्धन ट्याङ्कका साथै ३३ किलोमिटरसम्म माइलेज पाइन्छ ।

