बाइक राडरहरुका लागि पल्सर डेयर भेन्चर ४ को रेजिष्ट्रेसन खुल्ला, लदाख राइडका साथ १० लाख जित्न सकिने

काठमाडौं । बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर डेयर भेन्चर सिजन ४को रजिष्ट्रेशन खुला गरेको छ । पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शाको रुपमा रहेको छ ।

पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ सिजन पुरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा सम्पन्न भएको थियो र पल्सर डेयर भेन्चर ४ का साथ अब अन्तर्राष्ट्रिय सिमाना पार अलग प्रकारको एडभेन्चर महशुस गराउने कम्पनीले जनाएको छ । 

यस पटक पल्सर डेयर भेन्चरले पल्सर राइडरहरुलाई सबैभन्दा साहसिक रोडहरुको उचाई मापन गर्दै, अद्भूत अनुभव बटुल्ने बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य लदाखमा लगिने कम्पनीले जनाएको छ । 

बजाज बाहेक जुनसुकै बाइक चालकलले पनि पल्सर डेयर भेन्चर ४ मा सहभागिता जनाउन सक्नेछन् । रेजिष्ट्रेसनको अवधि २३ जुलाई २०१९ अर्थात श्रावण ७ गतेसम्म रहेको छ । पल्सर डेयर भेन्चरको वेभसाइट www.pulsardareventure.comमा गएर रेजिष्टर गर्न सकिनेछ ।

पल्सर डेयर भेन्चरमा रोमान्चक अनुभव बाहेक विजेताले १० लाख नगद पुरस्कार र नयाँ पल्सर एनएस २०० प्राप्त गर्न सक्नेछन् । 


Back_to_top