काठमाडौं । बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल एनएस २०० को एफआई भर्सन अहिले नेपालमा सर्वाधिक बिक्री हुने २०० सीसीकाे माेटरसाइकल भएकाे छ । यो मोटरसाइकल बजाजका लागि नेपालमै हुलास अटोक्राफ्टले उत्पादन गरेको हो । लकडाउन अघि यसकाे बिक्री निकै राम्राे थियाे ।
कम्पनीले एनएस २०० मा एबीएससहित एफआई इन्जिन लगाइएको छ । हाल, कार्बुरेटर सेटअपमा रहेको यो मोटरसाइकल नियोन ब्ल्यू, एल्लो र रेड स्टिकर सहित विभिन्न बडी प्यानल र अलोय रिममा आएको कम्पनीले जनाएको छ ।
तपाईले यो मोटरसाइकल किन्नु अघि यसलाइ ग्राहकले मन पराउनुका कारणा र यसका फिचरका बारेमा जानकारी दिने उद्देश्यले केही तथ्य राख्ने प्रयास गरेका छौं ।
इन्जिन
बजाजले यसमा फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स दिइएको छ ।
डायमेन्सन
मोटरसाइकलको लम्बाई चौडाई, उचाई र ह्वीलवेसलाई महत्वपूर्ण मानिन्छ । यसको लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम र उचाइ १०७५ एमएम रहेको छ । यसमा ८०५ एमएमको सिट हाइट रहेको छ भने, १५६३ एमएमको ह्वीलवेश र १६७ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
सस्पेन्सन तथा ब्रेक
यसको फ्रन्ट साइडमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्कसँगै एन्टीफ्रिक्शन ब्रुशर र रियरमा निट्रोक्स मनोशक याब्जर्बर सस्पेन्सन लगाइएको छ । यस्तै, फ्रन्टमा २८० एमएमको पेटल र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ ।
टप-स्पीड क्षमता
यसको टप-स्पीड क्षमता प्रतिघन्टा १३६ किलोमिटर रहेको छ भने, प्रतिलिटर ५३ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
विशेषता
यसमा डिजिटल स्पीडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ । यसका साथै, इलेक्ट्रीक लाइट, पीलन फोरेष्ट, स्प्लीट सिट, पिलन ग्राब रेल लगायतका विशेषता उपलब्ध रहेको छ ।
मूल्य
नेपाली बजारमा एनएस २०० एफआईको रेगुलर मोडलको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ । एफआई इन्जिन र एबीएस सहितको मूल्य करिब ३ लाख ५६ हजार ९०० रुपैयाँ ताेकिएकाे छ ।