काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड आज हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा भवनमा दिउँसो २ बजेपछि अवार्ड कार्यक्रम सुरु हुनेछ ।
उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस अवार्ड बिजेता र उत्कृष्ट प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् । यी बाहेक अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइज अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्ड गरी आठ विधामा अवार्ड वितरण हुनेछ ।
यसअघि नै विभिन्न पाँच विधामा पर्ने खेलाडीको मनोनयन सार्वजनिक भइसकेका छन् । वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ ।

