यामाहा आर-२५ को फेसलिफ्ट मोडल टोकियोमा सार्वजनिक हुने

यामाहाले आर–२५ लाई कस्मेटिक परिमार्जनसहित बजारमा ल्याउने भएको छ । कम्पनीले यस मोटरसाइकललाई नयाँ इन्जिनसहित बजारमा ल्याउने तयारी गरेको हो । यो मोटरसाइकल २०१९ को टोकियो मोटरशोमा सार्वजनिक गरिने कम्पनीले बताएको छ । 

यामाहा आर–२५को नयाँ संस्करणमा हेडल्याम्पलाई परिमार्जन गरिएको छ भने, फेयरिंगलाई नयाँ स्वरुप प्रदान गरिएको छ । मोटरसाइकलमा नयाँ सस्पेन्सन र ब्रेकिंग सिस्टमलाई नयाँ शोरुप दिइएको छ । 

यसमा दिइएको इन्जिनले अधिकतम ३६ पीएस पावरका साथै २३.६ एनएम टर्क उत्पादन गर्छ । यसले कावासकी निन्जा २५० र होन्डा सीबीआर २५० आरसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । 

यस्तै, यसमा दिइएको नयाँ एलइडी हेडल्याम्पका साथै नयाँटेल ल्याम्पले मोटरसाइकललाई थप आर्कषक लुक प्रदान गरेको छ । नयाँ चेसिसले मोटरसाइकललाई थप स्टेबल र ह्यान्डलीङ गर्न सहज पुर्याउने कम्पनीले दाबी गरेको छ । 

यसमा ग्रिपराइपर सहितको मेटजेलेर टायर र स्टान्र्डड डबल च्यानल एबीएसको विशेषता प्रदान गरिएको छ । 


Back_to_top