काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाज अटोको अध्यक्षबाट राहुल बजाजले राजीनामा दिएका छन् । उनको राजिनामासँगै कम्पनीको नयाँ अध्यक्ष नीरज बजाज नयाँ अध्यक्ष नियुक्त भएका हुन् ।
सन् १९३८ जुन १० तरिखमा जन्मेका ८२ वर्षिय राहुल बजाज भारतका अर्वपति व्यवसायी हुन् । उनि राजनीतिमा पनि सक्रिय रहेका छन् । भारतीय राष्ट्रिय काँग्रेसबाट सक्रिय राजनीति गरेका उनले उमेरको कारण देखाउँदै बजाज अटोको अध्यक्षवाट राजिनामा दिएका हुन् । अब उनि कम्पनीको संरक्षक मात्रै रहने छन् ।
कार्यकारी भूमिकामा नबसेका राहुल बजाजले १९७२ देखि नै बजाजमा संलग्न हुँदै आएका थिए । फोब्सका अनुसार उनको कुल सम्पत्ति ६.५ विलियन अमेरिकी डलर बराबर रहेको छ ।
राहुलका छोरा राजीव बजाज अहिले बजाज अटोका प्रबन्ध निर्देशक रहेका छन् । राजीव नै बजाज अटोमा कार्यकारी पदमा रहँदै आएका छन् । बजाज मोटरसाइकल भारतबाट सर्वाधिक निर्यात हुने गर्छ । नेपालमा पनि बजाजका मोटरसाइकल सन् २००१ देखि विक्री वितरण हुँदै आएको छ ।


