नेपाली डिजाइनमा बनेको डर्ट मोटरसाइकल विक्री सुरु हुँदै

काठमाडौं । नेपाली डिजाइनमा बनेको डर्ट मोटरसाइकल नेपालमा विक्री सुरु हुने भएको छ । निकै प्रिमियम फिचरको साथ बजारमा आउन लागेको र्याप्टर ब्राण्डको डर्ट मोटरसाइकल बैशाखबाट विक्री सुरु हुन लागेको हो ।

एड्भेन्चर ह्वीलले नेपाली नयाँ वर्ष लक्षित गरेर सार्वजनिक गर्ने तयारी गरेको र्याप्टर नेपाली डिजाइनमा चीनमा एसेम्वल भएर आउन लागेको मोटरसाइकल ब्राण्ड हो ।

एड्भेन्चर ह्वीलले र्याप्टर मोटरसाइकलको लागि देशभर मुख्य सहरहरुमा डिलर मागसमेत गरेको छ । डिलर छनोटसँगै कम्पनीले र्याप्टरका उत्पादन विक्री सुरु गर्ने जनाएको छ ।

‘आगामी बैशाख महिनाबाट विक्री सुरु गर्ने योजनासहित हामीले काम गरिरहेका छौं । सुरुमा नै तीन मोडल उपलब्ध रहने छ’, कम्पनी स्रोतले भन्यो ।

एड्भेन्चर ह्वीलले र्याप्टर ३०० एल, ३०० आर र ३०० आरआर मोडल बजारमा उपलब्ध गराउने छ । कम्पनीले सातदोवाटोमा आफ्नो शोरुम संचालनमा ल्याउने छ । त्यहीबाट मोटरसाइकलको विक्री सुरु हुनेछ ।

र्याप्टर मोडलको मूल्य ७ लाख रुपैयाँबाट सुरु हुने जनाइएको छ । साथै, र्याप्टरका मोटरसाइकलमा ३ वर्षको वारेन्टी उपलब्ध हुने जनाएको छ ।


Back_to_top