पहिलेभन्दा सस्तो भएर आयो किया सेल्टोसको नयाँ भेरियन्ट (मूल्यसहित)

काठमाडौं । कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले सेल्टोसको नयाँ भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीको सफल मोडल सेल्टोसको ‘एचटीके’ पेट्रोल भेरियन्ट बजारमा ल्याएको हो ।

कन्टिनेन्टल ट्रेडिङले सुरुमा सेल्टोस नेपाल ल्याउँदा ४९ लाख ९० हजार मूल्य निर्धारण गरेर विक्री सुरु गरेको एचटीके भेरियन्टको अहिले ४० हजार मूल्य घटाएर विक्री सुरु गरेको हो ।

कम्पनीले ४९ लाख ५० हजार मूल्य निर्धारण गरेर एचटीके भेरियन्टको पुनः विक्री सुरु गरेको हो । यसमा कियाले स्मार्टस्ट्रीम जी १.५ लिटर पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६३०० आरपीएममा ११५ पीएस पावर र ४५०० आरपीएममा १४४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

ग्लोबल एनक्याप क्र्यास टेष्टमा ३ स्टार रेटिङ पाएको सेल्टोसमा दुई एयरव्याग, सिट बेल्ट वार्निङ, हाइस्पीड वार्निङ, इबीडी सहितको एबीएस, स्पीड सेन्सिङ डोर लक, सेन्ट्रल लक जस्ता फिचर रहेका छन् ।

स्टेरिङ एड्जस्ट, हेडलाइट एण्ड इग्नीसन रिमाइन्डर, पार्किङ सेन्सर, गाइडलाइन सहितको रिर्भस क्यामेरा, टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेरियङ माउन्ट कन्ट्रोल जस्ता फिचर यसमा रहेका छन् ।

कियाको टाइगर नोज ग्रिल, एड्जस्टेवल हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, फगल्याम्प, १७ इन्चको कभरसहितको स्टील ह्वील यसमा पाउन सकिन्छ । समग्रमा उत्कृष्ट डिजाइनमा तयार भएको कियाको ग्लोबल मोडल सेल्टोसको विक्रीमा नयाँ भेरियन्टले ठूलो योगदान गर्न सक्ने कम्पनी स्रोतले विश्वास लिएको छ ।


Back_to_top