पोखरा । टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत चैत्र १२ गते शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँबजार स्थित बतास ब्रदसको टीभीएस शोरुमबाट शुरु भएर लेकसाइड, हेम्जा हुँदै नौडाँडा स्थित हिमालयन देउराली रिसोर्टसम्म पुगेको थियो ।
त्यहाँ सहभागीहरु बीच विभिन्न मनोरन्जनात्मक र अन्तक्र्रियात्मक कार्यक्रम गरिएको थियो ।
राइडमा टीभीएस एनटर्कका ९३ जना राइडरहरु सहभागी रहेको जगदम्बा मोटर्सकी स्कुटर सेगमेन्ट हेड करुणा पुडासैनीले जानकारी दिइन् । टीभीएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् ।
उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । नेपालमा टीभीएस एनटर्क ५० हजार विक्री भएको अवसरमा राइड आयोजना गरिएको हो ।
राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । विजेतालाई बतास व्रदर्शका सिओओ राजेश रानाभाटले पुरस्कार वितरण गरेका थिए ।

