रहेनन् टाटा सामराज्यका संरक्षक रतन टाटा

एजेन्सी । भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा देहान्त भएको छ । बुधबार राती मुम्बईको केन्डी अस्पतालमा उनको मृत्यू भएको हो ।

महाराष्ट्र सरकारले उनको अन्तिम संस्कार राजकिय सम्मानका साथ गर्ने निर्णय गरेको छ । सन् २००० मा पद्म भुषण र २००८ मा दोस्रो सर्वोच्च नागरिक सम्मान पाउन सफल रतन टाटा लामो समय टाटा ग्रुपको चेयम्यान थिए ।

टाटा मोटर्स, टाटा स्टील, टाटा पावरदेखि मानविय जीवनमा आवश्यक हरेक किसिमका बस्तु उत्पादनमा टाटा सन्सलाई प्रबेश गराएर आधुनिक भारतको औद्योगिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका रतन टाटाको मृत्यूमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विश्वभरका ब्यवसायीले दुःख ब्यक्त गरेका छन् ।

उनको पार्थिव शरिर आज बिहान १० बजेदेखि ४ वजेसम्म दक्षिण मुम्बाईको नेशनल सेन्टर फर पर्फमिङ आर्ट ग्यालरीको हलमा राखिने छ । त्यसपछि अन्त्यष्टी गरिने महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले मिडियालाई बताएका छन् ।

टाटा ग्रुपलाई सन् १९९० देखि २०१२ सम्म नेतृत्व प्रदान गरेका रतन टाटाको जन्म १९३७ मा भएको थियो । उनको नेतृत्वमा टाटाले नयाँ उचाई छोएको थियो । एयर इन्डियालाई आफैँसँग फर्काउनेदेखि ज्यागवार ल्याण्डरोभर खरिद गर्नेसम्मको काम उनले गरेका थिए ।

अटोमोवाइल ब्यवसायमा रतन टाटा दुरदर्शी थिए भन्ने कुरा फोर्डका चेयरम्यान बील फोर्ड र उनि बीच भएको कुराकानीले त्यतिबेला निकै चर्चा पाएको थियो । सन् १९९८ मा टाटाले पहिलो कार इन्डिका बनाएपछि भएको भेटमा बील फोर्डले भनेका थिए, ‘तपाईलाईले गाडी किन बनाउनु भयो, जबकी तपाईलाई कार ब्यवसायको ज्ञान नै छैन ?’, उनको प्रश्नमा रतन मुसुक्क हाँसेका मात्रै थिए रे । पछि उनै टाटाको नेतृत्वमा फोर्डको स्वामित्व रहेको ज्यागुअर ल्याण्ड रोभर टाटाले खरिद गरेको थियो ।

अविबाहित टाटाले ल्याएको टाटा नानो कार विश्वभर चर्चा कमाएको मोडल थियो । त्यसलाई रतन टाटाको ड्रीम प्रोजेक्ट भनेर बुझिन्थ्यो ।


Back_to_top