काठमाडौं । रोयल इन्फिल्ड क्लासिक ३५० को नयाँ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । भारतीय बजारमा केहि समय अगाडि सार्वजनिक भएको उक्त मोडल नेपाली बजारमा रोयल इन्फिल्डको नेपालका लागि आधिकारीक वितरक एभभी दुगडले भित्र्याएको हो ।
रोयल इन्फिल्ड क्लासिक ३५० नेपाली बजारमा धेरै रुचाइएको मोटरसाइकल समेत रहेको छ । क्लासीक ३५० डबल च्यानलसहितको बीएस ५ इन्जिनमा नेपाली बजारमा सार्वजनिक भएको हो । यसको मूल्य कम्पनीले केहि समयको लागि ६ लाख रुपैयाँ तोकेको छ ।
विवेक अटोमोबाइल्सले आफ्ना १९ वटा शाखा एवं डिलहरु मार्फत रोयल इन्फिल्डका मोटरसाइकल विक्री वितरण गरिरहेको छ भने, क्लासिक ३५० डबल च्यानल एबीएस भर्सन समेत सबै डिलरमा पुगिसेकेको कम्पनीले जनाएको छ ।

