रिकन्डिसन गाडीमा बैंकले फाइनान्स गर्न नमानेको व्यवसायीको गुनासो

संघले सोमबार आर्थिक पत्रकारहरूसँग छलफल गर्दै बैंक तथा वित्तिय संस्थाले रिकन्डिसन व्यवसायीहरुलाई नपत्याएको गुनासो गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरूले अटो व्यवसायीहरूलाई कम्पनीमै गएर ऋण लिनका लागि आग्रह गर्ने भए पनि आफूहरूलाई नपत्याउने गरेको गुनासो गरेका हुन् ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका कानुनी सल्लाहकार तथा अधिवक्ता रुद्र ढुङ्गेलले अहिले नेपाली बजारमा नयाँ गाडीभन्दा पुराना गाडीको खरिद बिक्री बढी हुने गरेको दाबी गरे ।

‘बजारमा ईभीको व्यापार बढेसँगै अहिले नयाँ पेट्रोलियम गाडीभन्दा पुराना गाडीको व्यापार बढ्न थालेको छ । तर बैंकले फाइनान्स गर्न नमान्दा व्यपारमा अझै फस्टाउन सकेको छैन्,’ उनले भने ।

व्यवसायीहरूले सरकारले नयाँ गाडीमा भ्यालु एडिसन दिए पनि पुराना गाडीहरूमा नदिएको बताए ।

यस्तै, उनीहरूले रिकन्डिसनका सवारी साधन छिटो बिग्रन्छन्, पेट्रोलको प्रयाग बढी हुन्छ र बढी खर्च लाग्छ भन्नु भ्रम मात्रै रहेको बताए ।

‘रिकन्डिसन भन्ने बित्तिकै बिग्रेको, थोत्रो गाडी हुन्छ भन्ने होइन । तपाईंले कुन बजेटमा कस्तो गाडी किन्दै हुनुहुन्छ भन्ने हो । अब तपाईंको बजेट के हो त्यहीँ अनुसारको गाडीहरू तपाईंले पाउने हो । तपाईंले १० लाखको गाडी किन्दा सबै कन्डिसनमा हुन्छ भन्ने हुँदैन । तपाईंको बजेट अनुसारको कन्डिसनमा भएको गाडी पाउने हो,’ व्यवसायीले भने ।


Back_to_top