बाहिरियो नयाँ जेडएस ईभीको तस्बिर, प्लेटफर्म पनि परिवर्तन

प्याटेन्टमा आधारित रेन्डर तस्बिर

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो सफल एसयूभी जेडएसको दोस्रो जेनेरेशन मोडल ल्याउने भएको छ । कारस्कुप डटकमले प्रकाशित गरेको तस्विर अनुसार जेडएसको नयाँ मोडलमा धेरै परिवर्तन देख्न सकिन्छ ।

नेपाल, भारत तथा युरोपियन देशहरुमा राम्रो संख्यामा बिक्री भइरहेको जेडएस ईभी पहिलो पटक सन् २०१६ को ग्वान्झओ अटो शोमा देखाइएको थियो । कम्पनीले यसको बिक्री सन् २०१८ बाट ब्याट्री इलेक्ट्रीक भर्सनमा सुरु गरेको हो । त्यसको लगत्तै कम्पनीले यसको फेसलिफ्ट मोडल देखाएको थियो ।

एमजी जेडएसको प्याटेन्ट दर्ता भएको तस्बिर

फेसलिफ्ट जेडएस ईभीमा रि-डिजाइन भएको रियर बम्पर तथा टेललाइट, क्लोज फ्रन्ट ग्रील, १०.१ इन्चको इन्फोटेन्मेन्ट स्कृन, फुल्ली डिजिटल इन्ट्रुमेन्टल क्लस्टर, ३६० डिग्री क्यामरा, हिटेड फ्रन्ट सिट, रियर आर्मरेस्ट तथा लेभल २ अटोनोमश सेफ्टी फिचर थपेको थियो ।

एमजीले कम्प्याक्ट मिडसाइज एसयूभी जेडएसलाई पेट्रोल, हाइब्रिड तथा ब्याट्री इलेक्ट्रीक जस्ता सबै किसिमको पावर ट्रेनमा बिक्री गरिरहेको छ । कम्पनीले सन् २०२८ सम्ममा ८ वटा नयाँ मोडल लन्च गर्ने योजना अघि सारेको थियो । त्यहि योजना अनुसार जेडएस ईभी पूर्ण नयाँ प्लेटफर्ममा आउन लागेको हो ।

एमजी-फोर जस्तै जेडएस ईभी पनि मोडुलर स्केलेबल प्लेटफर्ममा निर्माण हुने बताइएको छ । सन् २०२४ को अन्त्यसम्ममा बजारमा आउने अनुमान गरिएको फेसलिफ्ट जेडएसमा ब्यापक परिवर्तन देख्न सकिने छ ।

कम्पनीले यसको अगाडिको भाग पुरै परिवर्तन गर्नेछ । नयाँ डिजाइनको ग्रिल, स्पोर्टी बम्पर, स्लीक डिजाइनको एलइडी हेडल्याम्प र पहिलेको भन्दा केही ठूलो बोनेट यसमा प्रयोग हुनेछ ।

एसयूभीको साइडमा अपवार्ड कर्भ भएको डिस्टेन्सीभ सोल्जर लाइन पछाडितर्फ गएकोे देखिन्छ । प्याटेन्ट इमेजका अनुसार यसको रियरमा र्याप अराउण्डको एलइडी टेललाइट, रि-डिजाइन गरिएको टेलगेट र स्पोर्टी बम्पर प्रस्टै देखिन्छ ।

नेक्स्ट जेनेरेशन एमजी जेडएसको इन्टेरियर कस्तो हुन्छ भन्ने विवरण बाहिर आएको छैन । तर, पनि यसमा डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, बिल्ट इन स्याटलाइट न्याभिगेसन, एन्ड्रोइड अटो तथा एप्पल कार प्ले जस्ता फिचर रहने छन् ।

कम्पनीले यसमा इमेर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, लेनकिप असिस्ट, एडाप्टीभ क्रुज कन्ट्रोल, ट्राफिक जाम असिस्ट फिचर सहितको अटोनोमस एड्भान्स ड्राइभर असिस्ट फिचर रहने अनुमान गर्न सकिन्छ ।


Back_to_top