८३ किलोवाट क्षमताको मोटरमा ‘जीप रेनेगेट’ ईभी आउने

काठमाडौं । अमेरिकी एसयूभी ब्राण्ड जीपले इन्ट्री लेभल ईभी ‘रेनेगेड’ ल्याउने भएको छ । कम्पनीले २५ हजार डलरभन्दा कम मूल्यमा नै लाइफ स्टाइल मोडल रेनेगेट ल्याउने भएको हो ।

सन् २०२७ सम्ममा बजारमा आउने भनिएको जीपको सानो एसयूभी स्टेलान्टीसको अर्को युरोपेली ब्राण्ड सिट्रान ईसीथ्रीको बेसमा बन्ने अनुमान गरिएको छ । तर, रेनेगेट पूर्ण अफरोड क्षमता भएको मोडल बन्ने छ ।

कम्पनीले अमेरिकाको मिचीगनमा भएको आफ्नो ‘इन्भेस्टर डे’मा गरेको कम्पनीको भावी योजना प्रस्तुत गर्दै ग्रुपका सीइओ कार्लोस टाभरेसले नयाँ रेनेगेड आउने घोषणा गरेका हुन् । उनका अनुसार रेनेगेट ईभी अन्तराष्ट्रिय बजारमा २५ हजार डलरभन्दा पनि कम मूल्यमा बिक्री गर्ने उल्लेख गरेका हुन् ।

जीपले आफ्नो नयाँ इलेक्ट्रीक एसयूभीको नाम भने गत वर्षमात्र डिस्कन्टीन्यू भएको पेट्रोल इन्जिन एसयूभी रेनेगेडबाट लिन लागेको हो । यसलाई रेनेगेडकै सानो भर्सन पनि भन्न सकिन्छ । कम्पनीले यसलाई प्योर इलेक्ट्रीकसँगै हाइब्रिड इन्जिनमा पनि ल्याउने छ ।

स्टेलान्टीसले नयाँ रेनेगेड ईभीको विषयमा जानकारी नदिएता पनि सिट्रोन सीथ्रीकै बेसमा बन्दा ४४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्रीमा आउने अनुमान गर्न सकिन्छ ।

यदि त्यहि ब्याट्रीमा आउने हो भने यसको डब्लुएलटीपी रेन्ज ३२० किलोमिटर हाराहारी हुनेछ । यसमा ८३ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहनेछ । जीपले नयाँ एसयूभीलाई ४०० भोल्ट आर्किटेक्चरमा निर्माण गर्नेछ । यसले अधिकतम १०० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।


Back_to_top