काठमाडौं । फ्रन्च कार निर्माता कम्पनी रेनोले ‘नियगारा’ कन्सेप्ट देखाएको छ । कम्पनीले देखाएको नियगारा कन्सेप्ट आफ्नो चर्चित एसयूभी डस्टरमा आधारित पीकअप हो ।
फ्रेन्च निर्माताले आफ्नो चर्चित मोडल डस्टरको नयाँ जेनेरेशन बनाइरहेको ‘सीएमएफ–बी’ प्लेटफर्ममा नै आधारित हुने नियगारा पीकअपमा अफरोड मोड उपलब्ध हुनेछ ।
रेनोले डस्टर एसयूभीलाई साउथ अफ्रिकी बजारबाट बिक्री सुरु गर्न लागेको छ । त्यसैले नयाँ पीकअप पनि त्यहिबाट वा ब्राजिलबाट बिक्री सुरु गर्ने अनुमान गरिएको छ । निकै लामो ह्वीलवेस र ठूलो कार्गो स्पेशमा उपलब्ध हुने यो पीकअपको धेरै कुरा बाहिर ल्याइएको छैन ।
यसमा रहने इन्जिनको बारेमा कुनै जानकारी बाहिर आएको छैन । कम्पनीले यसलाई माइल्ड हाइब्रिड टेक्नोलोजीमा उपलब्ध गराउने छ । यसमा मूल्यको हिसावले पनि यो पीकअप आकर्षक हुने बताइन्छ । साउथ अफ्रिकामा यसको प्रतिस्पर्धा महिन्द्रा स्कर्पियो पीकअपसँग हुने बताइन्छ ।


