जापानी कार निर्माता कम्पनी निसानले आफ्नो बार्सिलोना प्लान्टलाई बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले यो प्लान्ट बन्द गरेसँगै यसमा काम गर्ने ३ हजार कर्मचारीले रोजगारी गुमाउने छन् ।
त्यस्तै कर्मचारी कटौतिको घोषणा फ्रान्सेली कार निर्माता कम्पनी रेनोले गरेको छ । कम्पनीले आफ्नो विश्वभर छरिएर रहेका प्लान्टबाट करिब १५ हजार कर्मचारी कटौति गर्न लागेको हो ।
रेनोले विश्वभर १ लाख ८० हजार कामदारलाई काम दिइरहेकोमा अब तत्काल १५ हजार घटाउने भएको हो । साथै, कम्पनीले आफ्नो उत्पादन लक्ष्यसमेत घटाउने भएको छ ।
निसान–रेनो र मित्सुवीसीबीच मर्जरको प्रकृयासमेत अगाडि बढी रहेको छ । यही बीचमा मर्जर कमिटिका अध्यक्ष कार्लोस गोसन निसान कम्पनीमा आर्थिक अनियमित्ता गरेको आरोपमा पक्राउ परेपछि यी कम्प्नी बीचको एलायन्स संकट उन्मुख रहेको विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
विश्व अर्थतन्त्रको जगनै हल्लाउनेगरि प्रभाव पारेको कोभिड १९ ले करोडौ मानिसलाई बेरोजगार बनाउने तथ्यांक आइरहेको छ । यस्तोमा ठूला कम्पनीहरुले कामदार कटौति सुरु गरेका हुन् ।


