रेनोले ल्याउँदै कम्प्याक्ट सेडान कार

रेनोले आफ्नो चर्चित ह्याचव्याक कार क्वीडलाई सब–४ मिटर सेडानमा ल्याउने भएको छ । कम्पनीे यस सेग्मेन्टमा मारुती सुजुकी डिजायर र होन्डा अमेजको बजार हिस्सालाई प्रभाव पार्न सेडान कार ल्याउन लागेको जनाएको छ ।

यो सेग्मेन्टमा भारतीय बजारमा फोर्ड एस्पायर, फक्सवागेन एमियो, हुन्डाई एक्सेन्ट र टाटा टिगोरले समेत राम्रै व्यापार गरिरहेका छन् । यस्तोमा रेनोले क्वीडको प्याटर्फम ‘सिएमएफ–ए’मा ह्वीलवेस बढाएर उत्पादन गरिरहेको जनाइएको छ ।

रेनोले भारतीय बजारमा आफ्नो बजार हिस्सालाई दोब्बर बनाउने लक्ष्यकासाथ कम्पनीले यो नयाँ कार बनाउन लागेको हो । कम्पनीले सन् २०२२ सम्ममा भारतीय बजारमा वार्षिक १ लाख ५० हजार कार बिक्री गर्ने योजना बनाएको छ ।

उक्त लक्ष्य भेट्टाउन कम्पनीले एक सब कम्प्याक्ट एसयूभी, एक एमपीभी र एक सब फोर मिटर सेडान कार ल्याउने योजना बनाएको हो । यसका साथै कम्पनीले रेनो क्वीडको र रेनो डस्टरको फेसलिफ्टसमेत ल्याउने तयारी गरेको छ ।

१.० लिटर टर्बोचार्ज्ड इन्जिनमा नयाँ सेडान कार आउने अनुमान गरिएको छ ।  नेपाली बजारमा पनि भारतीय बजारमा बिक्री वितरण भइरहेका रेनोका सबै मोडलहरु उपलब्ध रहेको छ । 


Back_to_top