काठमाडौं । बजाजका लागि नेपालको आधिकारीक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली बजारमा सर्वाधिक बिक्री हुने बाइक बजाज पल्सर १५० मा नयाँ ग्राफिक्स थप गर्दै बजारमा सार्वजनिक गरेको छ ।
रेगुलर बिक्री भइरहेको पल्सर १५० लाई बजाजले नयाँ ग्राफिकका साथ बाहिरी आवरणमा समेत सामान्य परिर्वतन गरेको छ ।
कम्पनीले पल्सर १५०मा नयाँ ग्राफिक्सको रुपमा बेली लगाएको छ यसले बाइकको फ्रन्ट लुकमा परिर्वतन ल्याएको छ । साथै बाइकको ह्वील रिममा स्टीकरसमेत लगाएको छ ।
कम्पनीले यो बाइक दुई कलरमा ल्याएको छ । रातो र निलो कलरमा सार्वजनिक भएको यो बाइकको मूल्य २ लाख ५१ हजार ९०० तोकिएको छ ।
पल्सर १५० बाइकमा १४९ सीसी सिगंल सिलिन्डर एयर कुल्ड इन्जिन इन्जिन रहेको छ । यो इन्जिनले १३.८ बीएचपी पावर तथा १३.४ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीडको गियरबक्स जडान गरिएको यो बाइकको टप स्पीड ११५ किलोमिटर प्रतिघन्टा रहेको छ । फ्रन्टमा २४० एमएमको डिस्क ब्रेक रहेको यो बाइकमा रियरमा डम ब्रेक दिइएको छ ।

