यस्तो छ रेनो क्याप्चरको मूल्य, नेपाली बजारमा टेष्ट ड्राइभ सुरु

काठमाडौं । एड्भान्स अटोमोवाइल प्रालीले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चर नेपाल ल्याएको छ । 

उक्त कारको टेष्ट ड्राइभ गर्न चाहने ब्यक्तिले रेनोको कुनैपनि शोरुमबाट टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ । भारतीय बजारमा निकै चर्चा बटुलेको रेनो क्याप्चर नेपाली बजारमा आउन लागेको हो । 

यो कारको लम्बाई ४३२९ एमएम, चौडाई १८१३ एमएम र उचाई २६७३ एमएम रहेको छ । यसको ग्राउन्ड क्लेरेन्स २१० एमएम रहेको छ । 

रेनो क्याप्चरमा एलइडी हेड्ल्याम्प, टेललाईट र डिएलआर लाईट लगाइएको छ । ७.० इन्चको टचस्कृन इन्फोटेनमेन्ट सिस्टम दिइएको यो गाडी आफ्नो सेग्मेन्टमा उत्कृष्ट रहेको रेनोले दाबीगर्दै आएको छ । 

रेनो क्याप्चरमा बुट स्पेश ४३७ लिटर रहेको छ, भने अन्य फिचरमा कि लेस एन्ट्री, पुस बटन र अटो क्लाईमेट जस्ता फिर्चस छन् । सुरक्षाको लागि डियुल एयर व्याग र एबीएस, इबिडी, ब्रेक एसिस्टेन्सजस्ता सुरक्षा फिचर रहेका छन् ।

रेनो क्याप्चरमा १.५ लिटर डिजेल र १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ । पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुयल र सिभिटि दुबै गियरबक्स जडान भएको छ । डिजेल इन्जनमा १०९ बीएचपीको पावर र २४० एनएम टर्क उत्पन्न गर्छ । यसमा ६ स्पिड म्यनुयल गियरबक्स रहेको छ ।

यस्तो छ मूल्य

यसको नेपाली बजारमा मूल्य ४५ लाख ६३ हजारदेखि ६३ लाख रुपैयाँसम्म पर्ने कम्पनीले जानकारी दिएको छ । 


Back_to_top