काठमाडौं । निजी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको ऐतिहासिक तथा धार्मिक नगरी बाराणसीमा साताको दुई उडान गर्ने भएको छ ।
आउँदो असार १५ गतदेखि साताको दुई उडान गर्ने कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले दुई पौराणिक नगरी काठमाडौँ र बाराणसीलाई हवाई उडानबाट जोडेको बताए । बुद्धले वाराणसीमा यसअघि मासिक दुई उडान भर्ने गरेको थियो ।
बुद्ध एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु र तीर्थालुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउने जनाएको छ ।