काठमाडौं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइलले २ हजार ५ सय गाडी बिक्री गरेको छ । कम्पनीले उक्त अवसरमा २५ सयौ नम्बरमा गाडी किन्ने ग्राहकलाई विशेष कार्यक्रम आयोजना गरेर साँचो हस्तान्त्रण गरेको हो ।
रेनो इन्डियाका उपाध्यक्ष थोमस डबरुएलले कारको साँचो हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रम कम्पनीले काठमाडौंको नक्सालमा रहेको शोरुममा गरेको थियो ।
कार्यक्रमपछि बोल्दै डबरुएलले भने ‘रेनोले नेपाली ग्राहकहरूलाई सस्तो मूल्यमा नविनतम प्राविधिक युक्त उत्पादन र इन्नोभेटिभ डिजाइन दिदै आएको छ ।’
फ्रेन्च अटोमोबाइल कम्पनी रेनोका उत्पादन सन् २०१६ नेपाली बजारमा प्रबेश गरेको थियो । दुई वर्षमा कम्पनीले २५ सय गाडी बिक्री गर्न सफल भएको हो । रेनोले नेपाली बजारमा उपलब्ध प्रमुख कार ब्रान्डहरु मध्य आफुपनी एक भएको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
रेनोले नेपाली बजारमा रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्वीड बिक्री वितरण गर्दै आइरहेको छ ।

