रेनोको नयाँ एसयूभी कूपे आउँदै

फ्रान्सेली कार निर्माता कम्पनी रेनोले आफ्नो नयाँ एसयूभी कार ‘कूपे’ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ । 

कम्पनीले मस्को अटो शोमा कूपेको कन्सेप्ट सार्वजनिक गर्ने तयारी गरेको छ । विशेष गरेर रुस, चीन, ब्राजिल र दक्षिण कोरियाली बजारलाई प्राथमिकतामा राखेर यो कारलाई कम्पनीले सार्वजनिक गर्न लागेको जनाएको छ । 

रेनो कूपेमा अधिकांश फिचरहरु रेनो क्याप्चरबाट लिइने कम्पनीले जनाएको छ । डिजाइन र फिनिसिङको हिसावले यो एसयूभी उत्कृष्ट हुने अनुमान गर्न सकिन्छ । साथै यसको उत्पादन रेनोले वी० प्ल्याटर्फममा उत्पादन गर्न लागेको हो । 

युरोपीयन बजारमा रेनाको यो नै पहिलो मिडसाइज एसयुभीसमेत हो । कम्पनीले यसलाई क्याप्चर र डस्टरको नै प्ल्याटफर्ममा बनाउन लागेको हो ।


Back_to_top