रोड सेफ्टी फिल्म फेस्टिभल सम्पन्न

काठमाडौं । रोड सेफ्टी फिल्म फेस्टिभलमा नेपाल फिल्म एकेडेमीद्वारा निर्देशित फिल्म ‘दृष्टि’ उत्कृष्ट फिल्म बन्न सफल भएको छ । त्यसैगरी नेपाल फिल्म एकेडेमीद्वारा नै निर्देशित अर्को फिल्म ‘पछुतो’ दोस्रो र ज्ञानेन्द्र कोइरालाद्वारा निर्देशित ‘सरी बेटा’ फिल्म तेस्रो बनेको छ । 

विजेतालाइे ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगदका साथै शिल्ड र सर्टिफिकेट प्रदान गरिएको छ । सहभागी तथा बिजेताहरुलाई कार्यक्रमका अतिथि योगेश भट्टराई, कर्ण बहादुर थापा र बिनोद श्रेष्ठले शिल्ड, सर्टिफिकेट तथा पुरस्कार प्रदान गरेका थिए ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजना र नासा फाउन्डेसनको व्यवस्थापनमा नेपालमै पहिलो पटक आयोजित काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभलमा मनाइएको हो । 

फेस्टिभलमा कुल १७ वटा फिल्मले सहभागिता जनाएका थिए । 

विकराल मानव निर्मित समस्या बन्दै गएको सडक दुर्घटना संसारमा वार्षिक रुपमा चौध लाख भन्दा बढी व्यक्तिहरुले सडक दुर्घटनामा परि अकाल मै ज्यान गुमाई रहेका छन् भने नेपालमा २ सय भन्दा बढी मानिसले ज्यान गुमाइरहेका छन् ।


Back_to_top