सडक दुर्घटना कम गर्न २ नम्बर प्रदेशमा अन्तर्क्रिया

काठमाडौं । प्रदेश नं. २ को आयोजनामा प्रदेशस्तरिय सडक सभ्यता अभिवृद्धि तथा सडक दुर्घटना न्युनीकरण सम्बन्धी कार्यक्रम विरगंजमा सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउत,  कानुन मन्त्री, प्रदेश प्रहरी प्रमुख तथा  प्रदेश २ मा रहेका मुख्य नगरपालीकाका स्थानीय निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा कसरी दुर्घटना कम गर्न सकिन्छ साथै सभ्य सडक प्रयोग गर्ने संस्कारको विकास गर्ने विषयमा अन्तर्क्रिया भएको थियो ।

पछिल्लो समय बढ्दै गएको सडक दुर्घटना कम गर्न भन्दै बिभिन्न निकायले आपसी समझदारी गर्दै त्यसलाई न्यूनिकरण गर्न छलफल गर्ने कामलाई तिब्रता दिएका छन् । 

भेलाले सम्भावित दुर्घटना कम गर्न कसरी कामलाई अगाडि बढाउने भन्ने विषयमा सम्बन्धीत सरोकारवाला निकायसँग छलफल र समन्वयगरी अगाडि बढ्ने निक्र्यौल निकालेको छ ।


Back_to_top