फक्सवागन पोलो र भेन्टो परिमार्जन हुँदै, थपिँदै छन् यी विशेषता

जर्मन कार उत्पादन कम्पनी फक्सवागनले आफ्ना दुई मोडल पोलो र भेन्टोलाई परिमार्जन गर्ने भएको छ । कम्पनीले यी दुबै कारलाई कस्मेटिक परिमार्जनका साथै मेकानिकल अपडेट सहित बजारमा ल्याउने भएको हो । 

नयाँ स्टाइलमा आउने पोलोको फ्रन्ट स्टाइल हाई पफर्मेन्स लिमिटेड एडिसन  फक्सस्वागन जीटीआई ह्याचब्याकको जस्तै देखिएको छ । यसमा स्पीड वार्निङ सिस्टममा साथै फ्रन्टमा सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सरको विशेषता दिइएको छ । 

दुबै कारमा अलोय ह्वील लगाइएको कम्पनीले जनाएको छ । अपडेटेड पोलोमा टेल ल्याम्प र रियर पार्किङ सेन्सर स्टान्र्डड दिइएको छ । दुबै कारमा चालक तथा प्यासेन्जरको सुरक्षाको लागि एयरब्याग र एबीएसको विशेषता दिइएको छ । 

पोलो र भेन्टोमा प्रदान गरिने १.० लिटर टर्बाे पेट्रोल इन्जिनले क्रमशः १.२ लिटर मोटर र १.९ लिटर एमपीआइ पेट्रोल इन्जिनलाई रिप्लेस गर्ने कम्पनीले जनाएको छ । इएटू २११ सिरिजमा आधारित १.० लिटर टीएसआई मोटरले ९४ बीएचपी पावरदेखि ११५ बीएचपी पावरसम्म उत्पादन गर्ने कम्पनीले जनाएको छ । यी दुई मोडलको अलवा स्कोडा र्यापिडमा पनि उक्त विशेषता दिइएको छ । भारतमा लागु  हुने नयाँ प्रदूषण मापदन्ड अनुसार पुरानो मोडलको तुलनामा परिमार्जित मोडलको मूल्य केही बढी हुने अनुमान गरिएको छ ।


Back_to_top