काठमाडौं । सडक बोर्ड नेपालले मन्त्री परिषदबाट निर्णय भए बमोजिम सडक उपभोग दस्तुर वृद्धि गरेको छ । आज सडक बोर्डले एक सूचना प्रकाशन गरि नयाँ दर प्रकाशित गरेको छ । बैशाख २ गते राजपत्रमा प्रकाशित भएसँगै बोर्डले नयाँ सडक उपभोग दस्तुर तोकेको हो ।
बोर्डले सडक मर्मत संभारको लागि आवस्यक रकम जुटाउन सरकारको निर्णय पश्चात त्यसलाई कार्यान्वयनमा ल्याउन नयाँ सडक उपभोग दस्तुर प्रकाशन गरिएको उल्लेख गरेको छ । साथै, वोर्डले उक्त संकलित रकम सोही क्षेत्रको विकास र विस्तारमा प्रयोग गर्ने समेत उल्लेख गरेको छ ।
बोर्डले बस, मिनिबस, ट्रक, मिनिट्रक र डेलिभरी इक्वीपमेन्टलाई एउटा क्याटगोरीमा राखेको छ भने कार, जीप, पिकअप भ्यान र ट्याक्टरलाई अर्को समूहमा राखेको छ । साथै तीन पाङ्ग्रे टेम्पो, मोटरसाइकल र स्कुटरलाई एउटा समूहमा राखेर दस्तुर तोकेको छ ।


