आजदेखि देशभरका जुनसुकै रुटमा गाडी चलाउन पाइने

काठमाडौं । आजदेखि यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि देशभर रुट परमिट (अनुमति) खुला गरिएको छ ।

दैंश सुरु भएसँगै सहज ढंगले सार्वजनिक यातायात संचालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको हो ।

रुट परमिट खुला भएरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात देशका जुनसुकै गन्तव्यमा पनि जान पाउनेछन् । रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने छ ।

यद्यपि, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।

यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म संचालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।


Back_to_top