पावरफुल इन्जिन र स्टाइलिस डिजाइनमा रोयल इनफिल्डको नयाँ बाइक

रोयल इनफिल्डले आफ्नो बोबर स्टाइलको मोटरसाइकल इटलीको मिलानमा नोभेम्बर ६ बाट हुन गइरहेको इआइसीएमए मोटरसाइकल शो–२०१८ मा पेश गर्ने तयारी गरेको छ । केही दिन अगाडि कम्पनीले यसको टिजर आफ्नो इन्स्ट्राग्राममा सार्वजनिक गर्दै मोटरसाइकल ल्याउने संकेत दिएको थियो ।

अब भने कम्पनीले नयाँ मोटरसाइकलको तस्विर सार्वजनिक गरेको छ । 

कम्पनीले तस्विर सार्वजनिक गरेको बाइक ८३० सीसी इन्जिन क्षमताको भएको जनाएको छ । इटलीको मिलानमा आयोजना हुने इआइसीएमए विश्वको सबैभन्दा ठुलो टू ह्वीलर एक्स्पो हो । गत वर्ष इआइसीएमएमा रोयल इनफिल्डले ६५० ट्वीन्स सार्वजनिक गरेको थियो । 

पछिल्लो २० वर्षमा रोयल इनफिल्डले ल्याएको यो सबैभन्दा शक्तिशाली इन्जिन भएको बाइक हो । 

८३० सीसी लिक्वीड कुल्ड भि–टुईन इन्जिन दिइएको यो बाइक निकै पावरफुल हुने अनुमान गरिएको छ । उक्त इन्जिनले करिब ८० देखि ९० बीएचपी पावर जेनेरेट गर्नेछ । 

कम्पनीले यो नयाँ बाइकलाई सन् २०१९ को अन्त्यतिर वा २०२० को सुरुवातमा बजारमा ल्याउने अपेक्षा गरिएको छ । 

यसलाई रेट्रो–स्टाइलिंग क्रुजर मोटरसाइकल बनाउन कम्पनीले हरसम्भव प्रयास गरेको छ । यस मोटरसाइकलमा आधुनिक लुक्स दिनको लागि गोलो हेडल्याम्पको साथै एलइडी डीआरएल रिंग दिइएको छ । 


Back_to_top