काठमाडौं । बलिउडका चर्चित स्टारद्वय रणबिर सिंह र दिपीका पादुकोण यही नोभेम्बरमा बैवाहिक बन्धनमा बाँधिँदैछन् । अभिनेता सिंह र अभिनेत्री पादुकोणको दमदार अभिनयको कारणले चर्चामा आउने गरेका छन् । साथै, यी दुई कलाकारसँग करोडौँको कार सङ्ग्रहित रहेको छ । उनीहरूसँग भएका कार यस्ता छन् ।
एस्टन मार्टिन र्यापिड–एस

रणबिर कपुरले केही समय अगाडि आफ्नो जन्मदिनमा एस्टन मार्टिन खरिद गरेका थिए । भारतीय बजारमा यसको मूल्य ३ करोड ८० लाख रहेको छ । एस्टन मार्टिन एस–फोर–डोर पफर्मेन्स कार हो । यसमा ६ लिटर भी–१२ इञ्जिन दिइएको छ । यसले १६ सय आरपीएममा ५५२ बीएचपी पावरकासाथै ६३० एनएम–टर्क उत्पादन गर्छ ।
ल्यान्ड क्रूजर प्राडो

त्यस्तै, रणबिरसँग सङ्ग्रहित अर्काे कार हो, ल्यान्ड क्रूजर प्राडो । यसमा ४.५ लिटरको डिजेल इञ्जिन लगाइएको छ । यसले २६२ बीएचपी पावरकासाथै ६५० न्यूटन मिटर टर्क उत्पादन गर्छ । यसको मूल्य १ करोड भारु रहेको छ ।
रेञ्ज रोभर भोग

रणबिर ग्यारेजमा रेञ्ज रोभर भोग सङ्ग्रहित छ । यसमा ५.० लिटर भी–८ इञ्जिन लगाइएको छ । यसले अधिकतम् ५०३ बीएचपी पावरकासाथै ६२३ न्यूटन मिटर टर्क उत्पादन गर्छ । यो एसयूभीको मूल्य १ करोड ५८ लाख रहेको छ ।
मर्सिडिज बेञ्ज–जीएलएस

यो कारको मूल्य ८३ लाख भारु रहेको छ । यसमा ३.० लिटर भी–६ इञ्जिन लगाइएको छ । यसले अधिकतम् २५५ बीएचपी पावरकासाथै ६२० न्यूटन मिटर टर्क उत्पादन गर्छ । यो लग्जरी एसयूभीमा सेभेन–स्पीड अटोमेसटक ट्रान्समिसन दिइएको छ । साथै, मर्सिडिज बेञ्ज–जीएलएस माअलवील ड्राइभ सिस्टम दिइएको छ ।
जेगवार–एक्सजेएल 
यो कारको मूल्य ९९.५६ लाख भारु रहेको छ । यसको इञ्जिनले २९६ बीएचपी पावर उत्पादन गर्छ । इञ्जिनमा अइट–स्पीड अटोमेटिक गियरबक्स लगाइएको छ । ज्यागूअर एक्सजेएलमा इन्टेरियर लाइट मूडकासाथै विभिन्न विशेषता दिइएको छ ।
मारुती सुजुकी सियाज

सियाज कार मध्यम साइजको प्रिमियम सेडान कार हो । यो कार डिजाइन, स्टाइल, सुरक्षा र आरामदायीताका हिसाबले उत्कृष्ट रहेको छ ।
नयाँ सुविधाहरू राखिएको कारमा किलेस पुस–स्टार्ट सिस्टम राखिएको छ । यस्तै–यस्तै कारमा पर्सनल रिडिङ्ग ल्याम्प तथा रेयर–सनसेडलगायतका सुविधा राखिएको छ । यो कारले २०.७३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको भनाई छ । यो कार विभिन्न सात रङ्गमा उपलब्ध छ । कारमा डबल एयरब्याग, फाइभ–स्पीड म्यानूअल र फोर–स्पीड अटोमेटिक गियरबक्स रहेको छ । भारतीय बजारमा यसको मूल्य ८ लाख ४ हजार रुपैयाँ रहेको छ ।
अभिनेत्री दिपीका पादुकोण यस्ता कार चढ्दैआएका छिन्
मर्सिडिज मे ब्याक एस–५००

त्यस्तै, अभिनेत्री दिपीकासँग १ करोड ८५ लाखको मर्सिडिज मे ब्याक एस–५०० कार रहेको छ । यसमा ४६६३ सीसीको इञ्जिन लगाइएको छ, जसले ४५३ बीएचपी पावरकासाथै ७ सय एनएम–टर्क उत्पादन गर्छ । यसको टपस्पीड क्षमता २५० किमि प्रतिघन्टा रहेको छ ।
आउडी क्यू–७

यो कारको मूल्य १ करोड भारु रहेको छ । यसमा उपलब्ध ३.० टीडीआई इञ्जिनले २४९ बीएचपी पावरकासाथै ६०० एनएम–टर्क उत्पादन गर्छ ।
आउडी ए–८ एल

साथै, दिपीकासँग रहेको फ्लेशिप आउडी सेडान ए–८ एलभीको मूल्य ९ करोड १५ लाख रुपैयाँ रहेको छ ।

