होन्डाले आफ्नो चर्चित सेडान कार सिभिक आठौं जेनेरेसनपछि सन् २०१२ बाट उत्पादन बन्द गरेको थियो । उत्पादन बन्द भएको लामो समयसम्म पनि यो गाडी एक्जुकेटिभ सेडानको रुपमा धेरैको सम्झनामा रहेको छ ।
कम्पनीले यसको डिजाइन अन्य धेरै मोडलहरुमा प्रयोग गर्ने गरेको पाइन्छ । ग्राहकको मागलाई ध्यानमा राखि होन्डाले आफ्नो चर्चित सेडान सिभिकलाई पुनः बजारमा ल्याउने भएको छ । अब कम्पनीले १० औं जेनेरेशन सिभिकलाई बजारमा उतार्ने तयारी गरिरहेको छ ।
होन्डा सिभिकबारे १० तथ्यहरुः
१०आैं जेनेरेशन मोडल
होन्डाले ९औं जेनेरेशन मोडल सार्वजनिक नै गरेन । तर कम्पनीले अन्त्यमा, नयाँ जेनेरेशनको सिभिकलाई भारतीय बजारमा सार्वजनिक गर्न लागेको छ । कम्पनीले २०१८ अटो एक्सपोमा सिभिक सार्वजनिक गरेको थियो ।
डिजाइन
पहिलेकोे तुलनामा नयाँ जेनेरेशनको सिभिकको डिजाईन बिल्कुल्लै फरक रहेको छ । यसको फ्रन्टमा क्रोम फिनिस ग्रील तथा बिचमा होन्डा लोगो राखिएको छ । यस मोडलमा स्वेप्ट व्याक एलइडी हेडल्याम्प, नयाँ बम्पर तथा स्पोर्टी फेस राखिएको छ ।
यसमा फोग ल्याम्प तथा एलइडी लाइट दिएको छ । कोप–लाइक रुफ डिजाइनका कारण सिभिक स्पोर्टी लुक्समा देखिएको छ भने रियरमा एलइडी टेलल्याम्पका साथै नयाँ बम्पर प्रयोग गरेको छ ।
इन्टेरियर
होन्डा सिभिकको इन्टेरियर डिजाईन भने स्पोर्टी रहेने छैन । तर पनि यो डिजाइन प्रिमियम खालको छ । यस गाडीमा थ्री स्पोक मल्टी–फंंक्शन स्टेरिङ ह्वील साथै इन्स्टुमेन्ट क्लस्टर दिइएको छ ।
फिचर
होन्डा सिभिकमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड, क्लाइमेट कन्ट्रोल, पुश–बटन स्टार्ट, कीलेस इन्ट्री, स्टिरिङ माउन्टेड कन्ट्रोल्स, क्रस कन्ट्रोल, सनरुफ, लेदर सिट, रिभर्स क्यामेरा, अलोए ह्वील, अटोमेटिक हेडल्याम्प लगायतका फिचरहरु उपलब्ध छ ।
इन्जिन
होन्डा सिभिकमा पहिलो पटक १.६ लिटर डीटीइसी डिजेल इन्जिन दिएको छ जसले ११८ बीएचपी पावर र ३०० एनएम टर्क उत्पादन गर्छ । यो इन्जिन यसअघि नै सीआर–भी मा उपलब्ध थियो ।
ट्रान्समिसन
सिभिकमा प्रयोग गरिएको पेट्रोल इन्जिनमा ६ स्पिड म्यानुअल र ७ स्पिड सीभीटी अटोमेटिक ट्रान्समिसन र प्याडल सिफ्टर जडान गरेको छ । यसका साथै डिजेल इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स जडान गरेको छ । मिडिया रिपोर्टका अनुसार पेट्रोल इन्जिन बढि चर्चित हुने अनुमान गरिएको छ ।
होन्डा सीटी ओनर टार्गेट
होन्डाले आफ्नो होन्डा सिटी कारका ओनरहरुलाइ मेन टार्गेट गरेको बताएको छ । होन्डा सिटी बाट अपग्रेड हुन चाहानेको लागी यो कार हाल बजारमा होन्डको सेडानकार उपलब्ध नभएका कारण सिभिक ल्याइएको हो ।
प्रतिस्पर्धा
बजारमा होन्डा सिभिकले टोयोटा कोलोला, स्कोडा ओक्टाभिया र हुन्डाई इलान्ट्रासँग प्रतिस्पर्धा गर्नेछ ।
मूल्य
१०औं जेनेरेशनको होन्डा सिभिकको शुरुवाती मूल्य १९ लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।
लन्च
होन्डाले थ्री अल न्यू मोडल यही वर्ष सार्वजनिक गर्ने जनाएको छ । सिभिकलाई होन्डाले २०१९ को सुरुवातमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

