काठमाडौं । रोयल एनफिल्डका पारखीलाई यो खबर सुखद वा दुःखद दुबै हुन सक्छ । कम्पनीले आफ्नो लिमिटेड अडिसन ‘पेगासस’ जम्मा १००० पिसमात्र उत्पादन गर्ने भएको छ ।
रोयल एनफिल्डको नयाँ प्रडक्ट आएकोमा खुसी ब्यक्त गर्नुहुन्छ भने यो तपाईको लागि सुखद समाचार हो । यदी तपाई उसले ल्याउने हरेक मोडल किन्ने सोचमा हुनुहुन्छ भने यो तपाईको लागि दुखद खबर बन्न सक्छ, किन भने यो वाईक नेपाल नआउ सक्ने सम्भावना धेरै छ ।
कम्पनीले भारतीय बजारमा जम्मा २५० यूनिट वाइक बिक्री गर्ने भएको छ । उक्त बाइक मे ३० मा भारतीय बजारमा सार्वजनिक हुने छ ।
नयाँ रोयल एनफिल्ड क्लासिक ५०० पेगासस पुरानो ‘फल्याङ फ्ली १२५’ मोटरसाइकलको सम्झना स्वरुप निर्माण गरिएको हो । जसलाई विश्व युद्धको समयमा बेस्टबुडले अन्डरग्रउन्ड फेसिलिटीमा बनाएका थिए ।
बेलायतमा यसको १९० यूनिट बिक्री गर्ने कम्पनीले जनाएको छ । धेरै कुरा दोस्रो विश्वयुद्धको यादसँग जोडेर ल्याइएको यो मोटरसाइक दोस्रो विश्वयुद्धको समयमा सेवा दिने २५० औं एयरवोन लाइटको याद दिने किसिमको छ ।
बजारमा यो वाइक दुइ कलर अप्सनमा उपलब्ध हुनेछ, जसमा सर्विस ब्राउन र ओलिभ ड्रेब ग्रिन रहने छ । साथै यो वाइकमा हेन्डलवार ग्रिप्स, लेदर स्ट्रेम्पको साथमा आर्मी स्टाइलको स्वरुप प्रदान गरिएको छ ।
४९९ सीसीको यो वाइक एयर–कुल्ड सिंगल सिलिन्डर युक्त इन्जिन दिइएको छ जसले ५२५० आरपीएममा २७.२ बिएचपी र ४००० आरपीएममा ४१.३ एनएम टर्क उत्पन्न गर्छ । ५ स्पिड म्यानुयल गियर दिइएको छ ।