ट्रिपरको ठक्करबाट छिमेकीसहित आमा छोराको मृत्यु

काठमाडौं ।  बुधवार ट्रिपरको ठक्करबाट भक्तपुरमा तीन जनाको मृत्यु भएको छ  । काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट बुधबार तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

काभ्रेको साँगाबाट काठमाडौंतर्फ आउँदै गरेको  बा ३ ख ६६७४ नम्बरको ट्रिपरले बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करीब ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरेको मृत्यु भएको हो । सवित र अवीन्द्र आमा छोरा हुन् । 

तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने ट्रिपरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रिपरका चालक भने फरार छन् ।

परिवार शोकमग्न 

भक्तपुर अस्पताल जिल्ला अस्पताल दिनभर शोकमग्न भएको थियो । आमा र भाइ गुमाएकी १५ वार्षिय अनुजा घिमिरे बोहोस छिन् । आमा सविताले छोरा अवीन्द्र होस्टलमा विरामी भन्ने सुनेपछी छिमेकी हरिबहादुरलाई लिएर नेपाल प्रहरी  आवासीय मावि साँगामा गएकी थिइन । 

छिमेकीले आमा छोरासहित स्कुटरमा राखेर ल्याएका थिए । ट्रिपरले पछाडीबाट ठक्कर दिदाँ दुर्घटनास्थलमै तीन जनाकै मृत्यु भएको छ । 


Back_to_top