काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले अन्र्तगतको सहायक कम्पनी सिप्रदी अस्योर्डले गाडीहरुको बृहत अक्सन मेला आयोजना गर्ने भएको छ ।
उक्त अक्सन मेला यही जेठ ११ र १२ गते, सिप्रदी अस्योर्डको कार्यलय थापाथलीमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म आयोजना हुनेछ ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस अक्सन मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी ब्राण्डेड गाडीहरु समावेश हुनेछन् ।
सेकेण्ड ह्याण्ड गाडीहरुको बिक्री वितरण तथा सट्टापट्टा गर्दै आएको सिप्रदी अस्र्योडद्वारा आयोजित यस मेलामा ग्राहकहरुले आफूलाई मन परेको वा आवश्यक गाडीको अधिकतम बोली लगाई उक्त गाडीलाई आफ्नो बनाउन सक्नुहुनेछ ।
ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सिप्रदी अस्र्योडद्वारा आयोजित उक्त अक्सन मेलामा वारेण्टीसहित गाडीको नामसारी गरिने कम्पनीले जनाएको छ ।