काठमाडौं । श्री एयरलाइन्सले काठमाडौं–राजविराज उडान भर्ने भएको छ । एयरलाइन्सले राजविराज विमानस्थलमा आज बिहिबारबाट उडान सुरुगर्ने भएको छ ।
विमानस्थलको धावन मार्ग गत वर्ष पीच गरिएको थियो । निर्माण भएपछि पहिलो पटक ५० सिट क्षमताको श्री एयरलाइन्सको जहाजले आज सफल परीक्षण उडान गरेको हो ।
यसअघि कच्ची धावनमार्ग रहेको विमानस्थलबाट पहाडी जिल्लाका लागि मात्रै जहाज उड्ने गथ्र्याे । तर पछि जहाज उड्न बन्द भएको थियो ।
२०६४ सालतिर करिब एक महिना तारा एयरले राजविराज–काठमाडौँ उडान भरेपनि त्यसपछि राजविराज विमानस्थलमा विमान उडान अवतरण हुन सकेको थिएन ।
विमानस्थल रनवे स्तरोन्नतिको काम दुई वर्ष अघिदेखि शुरु भएर एक महिना अगाडि सम्पन्न भएको हो ।
श्री एयरलायन्सले राजविराज–काठमाडौँ उडान भर्ने मौखिक सहमति जनाएपनि नियमित उडानको समय भने निर्धारण गरिएको छैन ।
विमानस्थलमा एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाईको पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी–वे निर्माण सम्पन्न भइसकेको छ ।