काठमाडौं । रोयल इनफिल्डले नयाँ मोटरसाइकल गोअन ३५० रिभिल गरेको छ । कम्पनीले २३ नोभेम्बरमा सार्वजनिक गर्ने तयारी गरेको उक्त मोटरसाइकल रिभिल गरेको हो ।
कम्पनीले क्लासिक ३५० को मोडिफाइड भर्सनको रूपमा बब्बर डिजाइनमा गोअन ३५० ल्याएको हो ।
मोटोभर्स २०२४ मा आधिकारिक रूपमा सार्वजनिक हुने यो मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरेको हो । यसमा सिंगल स्प्लीट सिट, डिटेच गर्न मिल्ने पिलियन सिट, यू आकारको ह्यान्डलबार, राउण्ड हेडलाइट, एलईडी लाइट, एलईडी इन्डिकेटर दिइएको छ ।
साथै, डुअल च्यानल एबीएस, दुवै पाङ्ग्रामा डिस्क ब्रेक, एनालग स्पीडोमिटर र सेमी डिजिटल स्पीडोमिटर, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचरहरू छन् । कम्पनीले यसमा मुख्य परिर्वतनक रूपमा एडजष्टेबल गियर÷ब्रेक लिभर, स्पोक ह्वील ट्युबलेस टायर, कनेक्ट फिचर तथा नयाँ कलर अप्सन दिएको छ ।
रेट्रो बबर डिजाइनमा रहेको गोअन मोटरसाइकलमा क्लासिक ३५० मा प्रयोग गरेको ३४९ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम २०।२ ब्रेकहर्स पावर तथा २७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा एड्जस्टेबल क्लच र ब्रेक दिइएको छ ।