अर्काे साता सार्वजनिक हुँदै रोयल इनफिल्ड हिमालयन ४५२, कति पर्ला मूल्य ?

काठमाडौं । रोलय इनफिल्ड हिमालयन ४५२ अर्को साता भारतमा सार्वजनिक हुने भएको छ । अहिले अन्तिम परिक्षण चलिरहेको हिमालयन ४५२ नोभेम्वर ७ मा सार्वजनिक हुने भएको हो ।

चर्चित डच मोटोभ्लगर (इचे बुट्स) नोरालेले परिक्षणमा लद्धाख पुर्याएको उनको युट्वुब च्यानलमा सार्वजनिक गरिरहेकी छिन् ।

रोयल इनफिल्डको हिमालयनको इन्जिनको डिटेल्स यसअघि नै सार्वजनिक गरिसेको छ । यसमा ४५१.६५ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन रहेको छ । रिपोर्टका अनुसार यो इन्जिनले ८००० आरपीएममा ३९.४७ बीएच पावर जेनेरेट गर्छ ।

हिमालयन ४५० मा यूएसडी फर्क, फुल डिजिटल कन्सोल, ६ स्पीड गियरबक्स, एल एलईडी लाइट्स जस्ता फिचर हुनेछ ।
कम्पनीले लामो समयदेखि हिमालयन ४५० को परीक्षण गरिरहेको छ । हिमालयन ४५० मा पहिलो पकट कम्पनीले लिक्विड कुल्ड इन्जिन प्रयोग गर्ने अनुमान गरिएको छ । यस अघि कम्पनीले कुनै पनि मोटरसाइकलमा लिक्विड कुल्ड इन्जिनको प्रयोग गरेको छैन् ।

कम्पनीले विस्तारै मोटरसाइकलको बारेमा जानकारी बाहिर ल्याइरहेको भएतापनि मूल्यका बारेमा भने हालसम्म कुनैपनि जानकारी बाहिर ल्याएको छैन् ।

भारतमा सार्वजनिक हुँदा यसको मूल्य २ लाख ८० हजार एक्स सोरुम मूल्य हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top