काठमाडौं । जापानी दुईपाँग्रे सवारी निर्माता होन्डाले नयाँ इलेक्ट्रीक स्कुटरको कन्सेप्ट मोडल सार्वजनिक गरेको छ । कम्पनीले जापानमा जारी जापान मोबिलिटी शोमा एससी-ईको कन्सेप्ट मोडल प्रदर्शन गरेको हो ।
कम्पनीले प्रदर्शन गरेको कन्सेप्ट स्कुटर हाल यूरोपेली बजारमा बिक्री भइरहेको होन्डा ईएम-१ ई जस्तै देखिन्छ । हाल सार्वजनिक कन्सेप्ट मोडलको तुलनामा ईएम १ई सानो साइजको स्कुटर हो । यसमा हव मोटर उपलब्ध छ भने यसलाई एक पटक चार्ज गरेर ४८ किलोमिटरसम्म गुडाउन सकिन्छ ।
एससी-ई कन्सेप्ट स्कुटरमा १.३ किलोवाट आवरको २ वटा रिमुभेबल ब्याट्री उपलब्ध रहेको छ । यसका अलावा अन्य जानकारी बाहिर आएको छैन ।
जापानी दुईपाँग्रे निर्माता होन्डाले इलेक्ट्रीक दुईपाँग्रेमा ठूलो लगानी गरिरहेको छ । कम्पनीले २०२५ को अन्त्यसम्ममा १० मोडलका इलेक्ट्रीक दुईपाँग्रे बजारमा ल्याउने लक्ष्य राखेको छ ।

