मासिक ८ हजारभन्दा कम किस्तामा ‘हन्टर-३५०’

काठमाडौं । कम मूल्यका कारण चर्चामा रहेको रोयल इनफिल्डका मोटरसाइकल किन्न थप सहज हुने भएको छ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ्सले रोयल इनफिल्डको मोटरसाइकल किन्न चाहने ग्राहकलाई लक्षित गर्दै फाइनान्स सुविधा स्कीम ल्याएको हो ।

कम्पनीले ल्याएको फाइनान्स सुविधा अन्तर्गत ५० प्रतिशत डाउन पेमेन्ट गरेर रोयल इनफिल्डका मोटरसाइकल किन्न सकिने छ । बाँकी रकम २४ महिना, ३० महिना र ३६ महिनाको किस्तामा तिर्न सक्नेछन् । यो सुविधा रोयल इनफिल्डका सबै मोटरसाइकलमा लागू हुने कम्पनीले जनाएको छ ।

यो स्कीम अन्तर्गत रोयल इनफिल्ड हन्टरको रेट्रो भेरियन्ट किन्न चाहने ग्राहकले २ लाख २९ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट गरेर ३६ महिनाको किस्तामा लिन सक्नेछन् । यो स्कीममा ग्राहकले मासिक ७ हजार ८७२ रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यसमा कम्पनीले १४.२५ प्रतिशत ब्याज लाग्ने जनाएको छ । हन्टर रेट्रोको मूल्य ४ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

फाइनान्समा मोटरसाइकल किन्ने ग्राहकले नागरिकता, सवारी चालक अनुमतिपत्रको प्रतिलिपि, पानी वा बिजुलीको बिल र आयस्रोत खुलेको कागजपत्र उपलब्ध गराउनु पर्नेछ ।

त्यस्तै, साक्षी बस्ने व्यक्तिको नागरिकताको फोटोकपी, फोटो दुई प्रती, पानी वा बिजुलीको बिल तथा आयस्रोत खुल्ने कागजपत्रसहित उपस्थित हुन पर्नेछ ।

कम्पनीले पुराना मोटरसाइकलसँग रोयल इनफिल्डका नयाँ मोटरसाइकल साट्न सकिने स्कीमसमेत संचालन गर्दै आएको छ ।


Back_to_top