काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलको मेगा सर्भिस क्याम्प २०२५ सम्पन्न भएको छ ।
नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले आयोजना गरेको ‘मेगा सर्भिस क्याम्प २०२५’ को पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको हो ।
कम्पनीले आयोजना गरेको उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर ब।लकुमारी र ललितपुरमा फागुन २३ देखि २५ गतेसम्मका लागि संचालनमा ल्याएको थियो ।
अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले उद्घाटन गरी तीन दिनसम्म सञ्चालन भएको यस क्याम्पमा रोयल इनफिल्डका राइडर एवंम ग्राहक महानुभावहरूका लागि विशेष सेवा अफर, हेल्मेट सेफ्टीका बारेमा जानकारी, विशेषज्ञहरूसँग अन्तरक्रिया र मनोरञ्जनात्मक गतिविधिहरू गरिएको थियो ।
त्यसैगरी, क्याम्पमा ग्राहकहरूका लागि विशेष सर्भिस अफरहरू, स्पेयर पार्टस, लुब्रिकेन्ट, र श्रम शुल्कमा १० प्रतिशत छुट, ग्यारेन्टी उपहार, विशेष सर्भिसिङ छुट, लक्कि ड्र उपहार, फास्ट मर्मत सेवा, फ्रि वास, मोटरसाइकल एक्सचेन्ज सुविधा, फाइनान्स सुविधा र रोयल इनफिल्ड राइडरहरूका लागि दिवा खनाको समेतको ब्यवस्था गरीएको थियो ।
तीन दिनसम्म चलेको यस क्याम्पमा झण्डै २ हजार जना ग्राहकहरु सहभागी भए भने, ५०० भन्दा बढी मोटरसाइकलहरूको सर्भिसिङ गरिएको थियो । कार्यक्रममा महिला राइडरहरू तथा पुराना ग्राहकहरूले समेत उत्साहजनक सहभागिता जनाएका थिए ।
यसका अलावा कम्पनीले प्रत्येक वर्ष नेपाल भरीनै मेगा सर्भिस क्याम्प आयोजना गर्ने र आगामी वर्षहरूमा अझ गुणस्तरीय सेवा र ग्राहक संलग्नता प्रदान गर्ने प्रतिबद्धता दिएको छ।


