काठमाडौं । क्लासीक मोटरसाइकल येज्दीले आफ्ना उत्पादन भारतमा विक्री सुरु गरेसँगै यसका प्रतिस्पर्धी मोडलसँग तुलना गर्न सुरु भएको छ । महिन्द्राले जावापछि सुरु गरेको अर्को पुरानो ब्राण्डको नयाँ अवतारको कारण यसको चर्चा चुलिदै गएको हो ।
नेपालमा पनि अग्नी ग्रुप अन्तर्गतको अग्नी इंकले जावा मोटरसाइकल विक्री वितरण गर्दै आएको छ । जावा र येज्दीलाई कम्पनीले भारतमा एउटै शोरुमबाट विक्री सुरु गरेकाले नेपालमा पनि चाँडै येज्दीका उत्पादन आउने अनुमान गर्न सकिन्छ ।
आज हामीले यहाँ येज्दीको रोडस्टार स्पोर्टस् डिजाइनमा निर्माण भएको मोडल र रोयल इनफिल्ड मेटोर ३५० मा रहेको तुलनात्मक भिन्नता केलाउने प्रयास गरेका छौं ।
इन्जिन
येज्दी रोडस्टारमा ३३४ सीसी, लिक्विड कुल्ड, एफआई इन्जिन रहेको छ । यसले ७३०० आरपीएममा २९.२ बीएच पावर र ६५०० आरपीएममा २९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियबक्स जडान गरिएको छ ।
त्यस्तै रोयल इनफिल्ड मेटोरमा ३४९ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ६१०० आरपीएममा २०.२ बीएच पावर तथा ४००० आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्छ ।
डाइमेन्सन
येज्दी रोडस्टारको कुल तौल १८४ केजी रहेको छ । यसको लम्वाई २०९० एमएम, चौडाई ७९० एमएम, हाइट ११८० एमएम र सिट हाइट ७९० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम र ह्वीलवेस १४४० एमएम रहेको छ ।
त्यस्तै मेटोरको कुल तौल १८३ किलोग्राम रहेको छ । यसको लम्वाई २१७० एमएम, चौडाई ८१० एमएम, उचाई ११२० र सिट हाइट ७६५ एमएम रहेको छ ।
यसको ह्वीलवेस १४०० एमएम र ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ ।
ह्वील/सस्पेन्सन
येज्दी रोडस्टारमा १७ इन्च अलोय ह्वील रहेको छ । यसको दुबै ह्वीलमा डिस्क ब्रेक रहेको छ । यसको फ्रन्टमा ३२० एमएम र रियरमा २४० एमएमको डिस्क ब्रेक दिइएको छ । येज्दीको फ्रन्टमा क्वइल स्प्रीङ टेलीस्कोपिक फर्क र रियरमा ट्वीन शक ग्यास इमुल्सिअन सस्पेन्सन दिइएको छ ।
त्यस्तै मेटोरमा १९ इन्चको अलाय ह्वील रहेको छ भने यसको दुबै ह्वीलमा डिस्क ब्रेक उपलब्ध छ । यसको फ्रन्टमा ३०० एमएम र रियरमा २७० एमएम डिस्क ब्रेक रहेको छ ।
त्यस्तै यसको फ्रन्टमा ४१ एमएम टेलीस्कोपीक फर्क र रियरमा ट्वीन ट्युव इमुल्सिअन सस्पेन्सन रहेको छ ।
फ्युल
येज्दी रोडस्टारमा १२.५ लिटरको फ्युल ट्याङक रहेको छ भने रोयल इनफिल्ड मेटोरमा १५ लिटर क्षमताको फ्युल ट्याङक दिइएको छ ।
येज्दीले ३० किलोमिटर प्रति लिटरमा माइलेज दिँदा मेटोरले ४० किलोमिटर माइलेज दिने दावी गरेको छ ।
अन्य फिचर
येज्दी रोडस्टारमा डिजिटल इन्स्टुमेन्ट क्लस्टर दिएको छ भने रोयल इनफिल्ड मेटोरमा एनालग क्लस्टर दिइएको छ । त्यस्तै येज्दीले हेललाइट तथा टेललाइट दुबै एलइडी दिएको छ भने रोयल इनफिल्डले हेडल्याम्प हेलोजिन र टेलल्याम्प एलइडी दिएको छ । यी दुबै मोटरसाइकलमा एबीएस फिचर उपलब्ध रहेको छ भने नेभिगेशन फिचर पाउन सकिन्छ ।
मूल्य
भारतमा यी दुबै मोडलको मूल्य लगभग समान जस्तै रहेको छ ।

