एसवाईएमको एड्भेन्चर मोटरसाइकलमा आजबाट विशेष छुट

काठमाडौं । केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर ल्याएको छ । कम्पनीले नेपाली बजारमा विक्री वितरण गरिरहेको एसवाईएमको एड्भेन्चर मोटरसाइकलमा नयाँ अफर ल्याएको हो ।

आजबाट आइतबारबाट लागु हुने यो अफर माघ अन्तिमसम्म मात्रै लागु कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत एसवाईएमको एनएचटी२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउनेछन् ।

त्यस्तै कम्पनीले एक्स्चेन्ज गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने जनाएको छ ।

काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवनमा एसवाईएमको शोरुम सञ्चालनमा रहेको छ ।

यो मोटरसाइकलमा १८३ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १८ हर्सपावर र १५.७ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड गियर, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषताले यसलाई अब्बल बनाएको कम्पनीको दावी छ ।

मोटरसाइकललाई एड्भेन्चर लुक्स दिन अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायर, फुल एलइडी लाइट, १२५ किमी प्रतिघन्टाको टप स्पीड यसमा ग्राहकले पाउने छन् ।

कम्पनीले यसको मूल्य ६ लाख २५ हजार रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको छ ।


Back_to_top