काठमाडौं । रोयल इन्फिल्ड सटगन ६५० भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले सटगन ६५० को मूल्य ३ लाख ५९ हजार भारतीय रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।
कम्पनीले तीन भेरियन्टमा सटगन ६५० सार्वजनिक गरेको हो ।
योसँगे सटगन ६५० को उत्पादन समेत सुरु भएको छ भने अबको केही समय पश्चातको यसको विक्री सुरु हुने कम्पनीले जनाएको छ ।
सटगन ६५० मा ६४८ सीसी प्यारालल ट्विन सिलिन्डर उपलब्ध छ । यो इन्जिनले अधिकतम ४७ पीएस पावर र ५२.३ एनएम पिक टर्क जेनेरेट गर्छ। यसमा स्लिपर असिस्ट क्लचको साथ ६ स्पिड गियर दिइएको छ ।
सटगन ६५० मा कम्पनीले कन्भर्टीबल सिट दिएइएको छ । चालकले आवश्यकता अनुसार सिंगल तथा डबल सिट प्रयोग गर्न सक्नेछन् ।
यसमा एलईडी हेडल्याम्प, चार्जिङ पोर्ट, एडजष्टएवल लिभर, सेमि डिजिटल कन्सोलका साथै ट्रिपर नेभिगेशन जस्ता फिचर उपलब्ध छ ।

