काठमाडौं । हुन्डाईको इलेक्ट्रीक कार आयोनीक-५ र रोयल इनफिल्डको नयाँ मोटरसाइकल हिमालयनले ‘अटोकार अवार्ड–२०२४’ जितेका छन् । यी दुबै मोडलले थुप्रै प्रतिस्पर्धीलाई पन्छाएर आवार्ड हात पारेका हुन् ।
हुन्डाई आयोनीक-५ ले सुजुकी जिम्नी, सिट्रोन सी-३ एयरक्रस, हुन्डाई भेन्यू र एक्सटर लगायत दर्जन बढी मोडललाई पछाडि पार्दै ‘कार अफ दी इयर अवार्ड’ जित्न सफल भएको हो ।
त्यसैगरी रोयल इनफिल्ड हिमालयनले पनि ट्रायम्फ स्पीड ४००, केटीएम ड्यूक ३९०, रोयल इनफिल्ड क्लासिक ३५० र हार्ले एक्स४४० जस्ता मोडललाई पछाडि पार्दै बाइक अफ दी इयर अवार्ड हात पार्न सफल भएको हो ।
अन्य विधामा मारुती सुजुकी फ्रङ्क्सले बेष्ट डिजाइन एण्ड स्टाइल अवार्ड हात पार्दा नेक्सन ईभी फेसलिफ्टले बेष्ट अपडेट अफ दी एयर अवार्ड हात पारेको हो ।
ह्याचव्याक अफ दी इयर सिट्रोन सीथ्री बन्दा कम्प्याक्ट एसयूभी अफ दी इयर हुन्डाई एक्सटरले जित्यो । मिडसाइज एसयूभीको अवार्ड होन्डा एलिभेटले पाउँदा बेष्ट म्यानुफ्याक्चर अफ दी इयरको अवार्ड महिन्द्रा एण्ड महिन्द्राले पाएको थियो ।

