कोरोनाको असरबीच रोयल इन्फिल्ड भयो सोल्ड आउट

काठमाडौं । रोयल इन्फिल्डले आफ्नो बीएस ४ मोडल सोल्ड आउट भएको जनाएको छ । कम्पनीले कोरोना असरको बीचमा आफुसँग रहेको सबै बीएस ४ मापदण्डको मोटरसाइकल सोल्ड आउट भएको जनाएको हो ।

कम्पनीसँग ३५० र ५०० सीसीका बीएस ४ मापदण्डका मोटरसाइकल रहेको थियो । ती सबै मोडलका मोटरसाइकल सोल्ड आउट भएसँगै कम्पनीले बीएस ६ मापदण्डमा ३५० सीसी क्लासिक, बुलेट, हिमालयन र ६५० ट्वीन्सलाई बजारमा उतार्ने भएको छ ।

रोयल इन्फिल्डले भारतीय बजारमा ५०० सीसी क्षमताको मोटरसाइकल बन्द गर्दै २५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ । नयाँ आउने मोटरसाइकल बिभिन्न चरणमा परिक्षण भइरहेको जनाइएको छ ।


Back_to_top