होन्डाले ल्याउँदै नयाँ प्रिमियम मोडल, यस्ता छन् विशेषता

होन्डाले अल न्यू मोडल सिबिआर १००० आरआर-आर फायरव्लेड मोडल विश्व बजारमा उतार्ने भएको छ । कम्पनीले २०१९ इआईसिएमए मोटरसाइकल शोमा देखाएको यो मोडलको उत्पादन गर्ने भएको हो ।

कम्पनीले यसमा ९९९.९ सीसी क्षमताको फोर सिलिण्डर लिक्वीड कुल्ड, १६ भल्भ, डिओएचसी इन्जिनमा यसलाई बजारमा ल्याउने छ । उक्त इन्जिनले २१७.५ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्ने जनाइएको छ ।

यो मोटरसाइकल होन्डा सिआरभी एसयूभी भन्दा पावरफुल रहेको छ । यसमा अगाडीको सस्पेन्सन स्वा विग पिस्टन फर्क र पछाडि स्वा व्यालेन्स फ्रि रियर क्यूसन लाइट सस्पेन्सन दिइएको छ ।

होन्डाले यो मोटरसाइकलमा अगाडी निसिन सोर्स्ड क्यालिपर र पछाडि ब्रेम्बो क्यालिपर दिएको छ । यो मोटरसाइकलको कुल तौल २०३ केजी रहेको छ । मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स ११८.६ एमएम मात्रै रहेको छ ।

सिबिआर १००० आरआर-आर फायरव्लेडमा ट्वीन स्पर आल्मुनियम डायमन्ड फ्रेम च्याचिस र बोस्चको नयाँ सिक्स एक्सीस इन्टरनल मेजरमेन्ट यूनिट दिइएको छ ।

यसका अलावा यसमा आल्मुनियम पिस्टन, थ्रि लेवल होन्डा इलेक्ट्रोनिक्स स्टेरिङ ड्याम्पर, ह्वील कन्ट्रोल र टर्क कन्ट्रोल प्रविधि जडान गरिएको छ ।


Back_to_top