एड्भेन्चर सेग्मेन्ट लिडर बन्ने बाटोमा रोयल इन्फिल्ड, नयाँ मोडल आउँदै

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलले एड्भेन्चर सेग्मेन्टमा आफुलाई अब्बल देखाउने प्रयास गरेको छ । यसको प्रयास आउँदै गरेको नयाँ जेनेरेशन ‘हिमालयन ४५०’ ले दर्शाउँछ ।

अहिले परिक्षणको क्रममा रहेको रोयल इन्फिल्ड हिमालयन ४५० मा लिक्विड कुल्ड इन्जिन र नयाँ हाडवयरको प्रयोग देख्न सकिन्छ । लिक्विड कुल्ड इन्जिनको साथमा आउने नयाँ एड्भेन्चर मोडल हिमालयन ४५० ले सेग्मेन्टमै राम्रो स्थान बनाउने अपेक्षा गर्न सकिन्छ ।

हिमालयन ४५० मा ‘बोल्ट अन सबफ्रेमको साथ डबल कार्डेल फ्रेम’ दिएको छ । कम्पनीले नयाँ स्वीङआर्मको सहितको यूएसडी फोर्क प्रदान गरेको छ । एड्भेन्चर यात्राको लागि मोटरसाइकलमा अगाडि १९ इन्च र पछाडि १७ इन्चको वायर स्पोक ह्वील दिइएको छ ।

तलबाट माथितिर बढेको इन्धन ट्याङ्क र आकर्षक बडी डिजाइनले एड्भेन्चर सेग्मेन्टमा यसले राम्रो प्रतिस्पर्धा गर्ने सहजै अनुमान लगाउन सकिन्छ ।


Back_to_top